Sita Ramesh Multiple Campus

स्वागत कार्यक्रम सम्पन्न

10 month(s) ago

स्वागत कार्यक्रम सम्पन्न

सीतारमेश बहुमुखी क्याम्पस , बुद्धशान्ति - १ , झापाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय डिकबहादुर लिम्बूलाई आज मिति २०८० मङ्सिर २४ गते क्याम्पसको सभाहलमा स्वागत गरेको छ । मन्त्री लिम्बूलाई सञ्चालक समिति अध्यक्ष पदमप्रसाद पोखरेल र क्याम्पस प्रमुख पुष्प रिजालले दोसल्ला ओढाएर स्वागत गर्नु भएको कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजाले क्याम्पसको भौतिक , शैक्षिक , आर्थिक अवस्था साथै क्याम्पसले सामना गरेका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो । सो स्वागत कार्यक्रममा माननीय मन्त्री लिम्बूले क्याम्पसको विकासमा आफूले सक्दो प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो कार्यक्रममा क्याम्पसका प्रमुख संरक्षक संस्थापक सदस्य रमेशकुमार भुजेल ,गापा अध्यक्ष मनोज प्रसाई लगायत राजनीतिक , शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सहायक प्राध्यापक केशव ढुङ्गेलले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमप्रसाद पोखरेलले गर्नुभएको थियो ।