Sita Ramesh Multiple Campus

अन्तरक्रिया कार्यक्रम सम्पन्न

9 month(s) ago

मिति २०८० पौष ११ गते यस सीता रमेश बहुमुखी क्याम्पस, बुद्धशान्तिको निम्तोलाई स्वीकार गर्दै  मेची बहुमुखी क्याम्पस, भद्रपुर Research Management Cell का संयोजक प्रो डा. गंगा प्रसाद अधिकारीज्यूको नेत्रित्वमा आएको टोलि तथा सीता रमेश बहुमुखी क्याम्पस  Research Management Cell बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मेची बहुमुखी क्याम्पस Research Management Cell का सदस्यहरू श्री शुशिल खनालज्यू, श्री युवराज न्यौपानेज्यू, तथा श्री सागर पोखरेल ज्यूको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बौद्धिक सम्पत्ति चोरी (Plagarism) हुन नदिन अपनाइनुपर्ने सैद्धान्तिक प्रक्रिया बारे अन्तर्क्रिया भएको थियो । त्यसको अलावा विभिन्न  साइटहरुमा जर्नलहरू खोजी गर्ने विधि बारेमा समेत अन्तरक्रिया भएको थियो । 

अनुसन्धानको विकासका निम्ति दुवै क्याम्पसले सहकार्य गर्ने प्रतिबद्धता भएको थियो ।