Sita Ramesh Multiple Campus

आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

9 day(s) ago

सीतारमेश बहुमुखी क्याम्पस ,बुद्धशान्ति - १ , झापा, IQAC को आयोजनामा मिति २०८१ असोज २ गतेका दिन स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा क्याम्पसमा अध्ययनरत १५५ विद्यार्थीहरू र शिक्षक / कर्मचारीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराउनु भयो । महिला सामुदायिक अस्पताल, बुद्धशान्ति -३ का डाक्टर नविन कुमार राय र स्टाफ नर्स एलिना राईले स्वास्थ्य परीक्षण गर्नु भएको कार्यक्रममा सहभागीहरूको प्रेसर , सुगर लगायत आधारभूत परीक्षण गरिएको थियो।